निर्वाचन अनुगमनका लागि मानव अधिकार आयोगको टोली हुम्लामा

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १६ : ४९
निर्वाचन अनुगमनका लागि मानव अधिकार आयोगको टोली हुम्लामा

काठमाडाैँ ।वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली हुम्ला आइपुगेको छ।  आयोगका पूर्वसदस्य सुदीप पाठक नेतृत्वको दुई सदस्यीय टोलीले निर्वाचनसम्बन्धी गतिविधि अनुगमन गरिरहेको छ।

आयोगले नेपालगञ्ज मुकाम बनाएर पाठकको नेतृत्वमा कर्णाली प्रदेशको निर्वाचन अनुगमन गर्ने जिम्मेवारी दिएको छ।पाठकले हुम्लामा हालसम्म सबैतिर हेर्दा सामान्य पाइएको भए पनि निर्वाचन गतिविधि हुनेबेला बल्ल आएको कारण त्यसको अनुमगन भइरहेको जानकारी दिए।

टोलीले मतदान केन्द्रको अनुमगन र सरोकारवाला पक्षलाई भेट्ने, नमुना मतदानको अनुमगन गर्ने काम गरिरहेको छ। उनले ४ हजार ८ सय मिटर अग्लो स्थानमा जमेको हिउँ छिचोलेर मतदानका लागि खटिएका कर्मचारीको पीडालाई लिएर निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताए।त्यसैगरि हुम्लाकै मासपुर गाउँवासीले आठदेखि १० घण्टा पैदल हिँडेर मतदान गर्नुपर्ने बाध्यतालाई पनि मानव अधिकार हनन्‌को रुपमा लिएको पाठकले बताए।

पाठकसँग आयोगका मानव अधिकार अधिकृत रमेश रावतको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस