काठमाडाैँ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
उनीहरूले ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दैै अख्तियारले आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो ।अख्तियारले मुद्दा दायर गरेका अन्यमा जिल्ला प्राविधिक कार्यालय सप्तरीका इन्जिनियर उग्रानन्द पाठक, लेखापाल छत्रबहादुर श्रेष्ठ, माँ जानकी निर्माण सेवाका प्रोप्राइटर भुपेन्द्र यादव, एभरेष्ट निर्माण सेवाका प्रोप्राइटर विजयकुमार यादव र अन्नपूर्ण कन्सट्रक्सनका प्रोप्राइटर ममता देवी यादव रहेका छन् ।
ग्रामिण यातायात सुदृढीकरण कार्यक्रम तर्फको नियमित सडक मर्मतसंभार र रुख विरुवा रोप्ने कार्य गर्दा प्रक्रिया नपुर्याई भुक्तानी गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीहरुमाथि अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धान हुँदा उनीहरूले गलत विवरण पेश गरी ६६ लाख ६४ हजार ६९२ रुपैयाँ भ्रष्टाचार गरेको पाइएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १६ : २६
लेखकबाट थप