काठमाडौं।नेकपा एमालेबाट काठमाडौं महानगरको उपमेयरकी उम्मेदवारी सुनिता डंगोलले काठमाडौंलाई मौलिक शहरको रूपमा विकास गर्ने प्रतिबद्धता जनाएकी छन् । काठमाडौंमा मंगलबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले विश्वको कुनै शहर जस्तो होइन काठमाडौंलाई कान्तिपुरी नगरीको रूपमा विकास गर्ने बताइन् । ‘काठमाडौंलाई कतिले विश्वका कुनै शहरजस्तो बनाउँछु भने,’ उनले भनिन्, ‘तर, काठमाडौंलाई कुनै विश्वको शहरजस्तो होइन काठमाडौं जस्तै, कान्तिपुर नगरी शहर बनाउँछु ।’
काठमाडौंको शिक्षा, स्वास्थ्य क्षेत्रमा विकास गर्ने भन्दै उनले देशको विकासकै लागि नै एमाले सरकारको आवश्यक रहेको बताइन् ।
सहभागीको जवाफ माग्दै सम्बोधन गरेकी उनले विकास र समृद्धिको सपना पूरा गर्न एमालेलाई जिताउनुपर्ने बताइन् । जनमतको कदर गर्ने र अपेक्षा पूरा गर्ने आश्वासन दिँदै उनले एमालेलाई मत दिन आह्वान गरेकी छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १६ : १३
लेखकबाट थप