काठमाडौं । सरकारले स्थानीय निर्वाचनमा भीड बढ्ने भएकाले स्वास्थ्य सावधानी अपनाएर निर्वाचनमा सहभागी हुन अपिल गरेको छ । भारतमा कोरोना संक्रमण बढेकाले नेपाल आउने नागरिकहरू र नेपालमा रहेर चुनावी प्रचारप्रसार तथा मतदान गर्न जाने नागरिकहरूले स्वास्थ्यप्रति संवेदनशील हुन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले कोरोनाको सम्भावित जोखिमलाई कम गर्न सरकारले भारतसँगको सीमा नाकाहरूमा हेल्थ डेस्क राखेको र आवतजावतलाई व्यवस्थित गर्न लागिपरेको बताए।
सहप्रवक्ता अधिकारीले विदेशबाट आउने नागरिकहरूले ७ दिन अनिवार्य क्वारेन्टाइनमा बस्न, मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र सम्पूर्ण जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्नुपर्नेमा जोड दिए ।
सहप्रवक्ता अधिकारीले जनस्वास्थ्यका मापदण्डको सुनिश्चितता गर्न हरेक स्थानीय मतदान केन्द्रमा अनिवार्य एक जना स्वास्थ्यकर्मी राख्ने पनि जानकारी दिए ।जोखिमको आँकलन गर्ने, निगरानी गर्ने, संवेदनशीलताका आधारमा प्राविधिक विश्लेषण गर्ने र खोप लगाउन बाँकीलाई खोप लगाउने, जनस्वास्थ्यका मापदण्ड उल्लंघन नहुने खालको वातावरण बनाउन सबैलाई आह्वान गर्ने र बुझाउन मन्त्रालय लागिरहेको उनको भनाइ छ ।
सहप्रवक्ता अधिकारीले पछिल्लो समय संक्रमण पुष्टि हुने संख्या कम देखिए पनि संक्रमण फैलिन सक्ने जोखिम बढिरहेको भन्दै मास्क नलगाउने, कोरोनाको प्रोटोकल पालना नगर्ने र संक्रमण सकियो भन्ने खालको व्यवहार गर्न थालेकोले बढी जोखिम भएको बताए ।
स्थानीय निर्वाचनबाट कोरोनाको संक्रमण बढ्नसक्ने अवस्थालाई मध्यनजर गरेर सबै नागरिकहरू यसप्रति सजग भइ संवेदनशील व्यवहार गर्न पनि डा.अधिकारीले आग्रह गरे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १६ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्वास्थ्य मन्त्रालयको एक वर्ष : सीमित स्रोतमा उल्लेखनीय सफलता हासिल गरेको दाबी
क्यान्सरको उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि हस्तान्तरण
सबै अस्पतालमा मेडिकल उपकरणको अडिट अनिवार्य
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाले दिए आवेदन
जटिल रोगको उपचारमा बीमितलाई थप एक लाख दिने निर्णय
दरबन्दी व्यवस्थापनको माग गर्दै स्वास्थ्य मन्त्रालयमा ज्ञापन पत्र