शेयर बजार : २.०६ अंकको गिरावट

सोमबार, ०७ जेठ २०७५, १५ : ५०
शेयर बजार : २.०६ अंकको गिरावट

काठमाडौं । सोमबार सेयर बजारमा २.०६ अंकको गिरावट आएको छ । ०.१५ प्रतिशतले घटेको बजार १३३७.१३ अंकमा पुगेर रोकिएको छ । १६३ कम्पनी सामेल आजको कारोबारमा ३५ करोड ५४ लाख रुपैयाँको कारोबार भएको छ । कारोबारमा आएका ५ वटा समुहमा गिरावट छ भने ४ वटा समुहमा हरियाली छ ।

सबैभन्दा बढी बिमा समुहमा ७६.४५ अंकले गिरावट आएको छ भने सबैभन्दा बढी माइक्रोफाइनान्स समुहमा ३५.८२ अंकले बढेको छ । बजार घट्दा सबैभन्दा बढी नागरिक लगानी कोषको २ करोड ४१ लाख रुपैयाँको कारोबार भएको छ । यस्तै राष्ट्रिय बिमा कम्पनीको १ करोड ८२ लाख रुपैयाँको कारोबार भएको छ ।  तेस्रोमा नेशनल लाइफ इन्सुरेन्सको १ करोड ७२ लाख रुपैयाँको कारोबार भएको छ ।

 राष्ट्रपतिले संसदमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् । यसैलाई र समग्र बजेटको सम्बोधनलाई लगानीकर्ताले पर्खेर बसेर देखिन्छ । पछिल्लो केही दिन यता सेयर कारोबार निकै न्युन हुदै आएको छ । आइतबारको तुलनामा बजार घट्दा पनि कारोबार रकम भने थोरै बढेको छ । यद्यपि सेयर बजारमा लगानीकर्ताको उत्साह पछिल्ला दिनमा कम देखिन्छ ।

प्रतिक्रिया दिनुहोस