हुम्लामा नमुना मतदानः झण्डै १७ प्रतिशत मत बदर

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १५ : ०६
हुम्लामा नमुना मतदानः झण्डै १७ प्रतिशत मत बदर

काठमाडाैँ ।हुम्लामा मंगलबार नमुना मतदान गरिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयले नमुना मतदान गराएको हो। मतदानमा पत्रकार, कर्मचारी र सर्वसाधारण गरी ५९ जना सहभागी भएका थिए।

त्यसक्रममा १० मत (झण्डै १७ प्रतिशत) बदर भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। कर्मचारी र पत्रकारले नै नमुना मतदानमा सहभागिता जनाउँदा पनि बदर मतको संख्या धेरै भएकोप्रति चिन्ता व्यक्त गरिएको छ।नमुना मतदानमा सहभागी हुम्लाकी प्रमुख जिल्ला अधिकारी सीता परियारले स्थानीय तहको निर्वाचनमा बदर मतको संख्या बढ्ने सक्ने भन्दै चिन्ता व्यक्त गरिन्। उनले यसपटक मतदातासमक्ष मतदाता शिक्षा नपुगेको र नमुना मतदानमा भएको बदर मतपत्र हेर्दा अवस्था चिन्ताजनक रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस