दुई हाइड्रोपावर कम्पनीले पाए हकप्रद सेयर निष्कासनको अनुमति

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १४ : ३२
दुई हाइड्रोपावर कम्पनीले पाए हकप्रद सेयर निष्कासनको अनुमति

काठमाडाैँ । दुई हाइड्रोपावर कम्पनीले हकप्रद सेयर निष्कासनको अनुमति पाएको छ। विद्युत् नियमन आयोगले दुई आयोजनाले हकप्रद निष्कासनको अनुमति पाएको हो। आयोगले ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासन गर्न अनुमित दिएको हो।

आयोगले बरुण हाइड्रोपावर कम्पनीलाई  १ बराबर १ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको छ। अनुमतिसँगै कम्पनीले हाल कायम चुक्ता पूँजी २६ करोड ७९ लाख ७ हजार ५०० रुपैयाँको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी ५३ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।यस्तै आयोगले ङादी ग्रुप पावरलाई पनि १ बराबर १.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्न सहमति प्रदान गरेको छ। अनुमति पाएसँगै कम्पनीले हाल कामय चुक्ता पूँजी ७० करोड ६९ लाख ३२ हजार ४ सय रुपैयाँको १ः१.५ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्नेछ।

हकप्रद सेयर निष्कासन पश्चात् कम्पनीको चुक्ता पूँजी एक अर्ब ७६ करोड ७३ लाख ३१ हजार रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस