उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १४ : १६
उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत

काठमाडाैँ । उदयपुरमा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । 

उनलाई बलात्कार गरेको आरोपमा बेलका नगरपालिका–६ बस्ने २६ वर्षीय गणेश राईलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । किशोरीको घरमा कोही नभएको अवस्थामा राईले वैशाख- ७ गते साँझ बलात्कार गरेको प्रहरीले जनाएको छ । 

इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई सोही नगरपालिका–६ फक्टपुरबाट पक्राउ गरेको हो । घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस