रसुवामा स्थानीय तह निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १४ : ११
रसुवामा स्थानीय तह निर्वाचनका लागि आठ सय सुरक्षाकर्मी खटिए

काठमाडाैँ । आगामी शुक्रबार हुने स्थानीय तह निर्वाचनको लागि रसुवामा आठ सय सुरक्षाकर्मी खटिएका छन् ।

 नेपाल प्रहरी, सशस्त्र प्रहरी र म्यादी प्रहरी गरी आठ सय एक जना सुरक्षाकर्मी खटिएका हुन् । प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार निर्वाचनका लागि जिल्लामा दुई सय ९४ जना नेपाल प्रहरी, दुई सय ८८ जना म्यादी प्रहरी र दुई सय १९ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ । शुक्रबार हुने निर्वाचनका लागि जिल्लामा ३४ वटा मतदानस्थल र ५१ वटा मतदान केन्द्र तोकिएको छ । 

सबै सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षा गर्ने, गस्ती गर्ने लगायतका काम गर्ने प्रमुख जिल्ला अधिकारी जैसीले बताए ।

प्रतिक्रिया दिनुहोस