स्थानीय तहको निर्वाचनको मतगणनाका लागि रसुवाका स्थानीय तहमा सिसिटिभी जडान गरिएको छ।
जिल्लाको पाँचवटै मतगणनास्थलमा मंगलबार सिसिटिभी जडान गरिएको हो।निर्वाचन आयोगले मतगणनास्थलमा सिसिटिभी अनिवार्य गरेकाले जिल्लाको सबै मतगणनास्थलमा सिसिटिभी जडान गरेको मुख्य निर्वाचन अधिकृत राजेन्द्र नेपालले बताए।
गोसाइँकुण्ड गाउँपालिकाको मतगणना जिल्ला समन्वय समितिमा गरिने भएको छ भने अन्य चार वटा पालिकाको मतगणना पालिकाको केन्द्रमा नै गरिने छ।जिल्लामा पाँच वटा गाउँपालिका छन्। जसमा २७ वटा वडा रहेका छन्। यो निर्वाचनमा जिल्लामा १७ वटा राजनीतिक दलले भाग लिएका छन्।
जिल्लामा निर्वाचनका लागि एक सय ४५ पदका लागि चार सय ६७ जना प्रतिस्पर्धामा रहेका छन्।जसमा पाँच जना निर्विरोध भइसकेका छन् भने तीन पदमा उम्मेदवारी नै परेको छैन्। अब एक सय ३७ पदका लागि मात्रै निर्वाचन हुने छ। जिल्लामा ३८ हजार पाँच सय ४५ मतदाता रहेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १३ : २८
लेखकबाट थप