चितवन ३

मतान्तर बढाउँदै प्रचण्ड, अग्रता कायमै

आइतबार, २४ मंसिर २०७४, १३ : ०३
मतान्तर बढाउँदै प्रचण्ड, अग्रता कायमै

चितवन । प्रतिनिधि सभा चितवन क्षेत्र नम्बर तीनमा नेकपा माअोवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अाफ्नाे अग्रता कायम राख्दै विपक्षी उम्मेदवारसँगकाे मतान्तर बढाउँदै लगेका छन् । अहिले प्रचण्ड ४ हजार ७ सय ३८ मतले अगाडि छन् ।

प्राप्त पछिल्लाे मतगणना परिणाम अनुसार पुष्पकमल दाहाल प्रचन्ड १७ हजार ९ सय ३८ मतका साथ अगाडि छन् । उनका निकटतम प्रतिद्वन्दी बिक्रम पान्डेले १३ हजार २ सय प्राप्त गरेका छन् । अहिले मतान्तर  ४ हजार आठ सय पाँच पुगिसकेको छ । मतान्तर निरन्तर बढिरहेकाे छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस