मञ्जुश्री फाइनान्सको शेयर बिक्रीमा

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, १२ : ४२
मञ्जुश्री फाइनान्सको शेयर बिक्रीमा

काठमाडौं । मञ्जुश्री फाइनान्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिक्रीमा ल्याएको शेयर संख्या र न्यूनतम मूल्य भने खुलाएको छैन ।

फाइनान्सका संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अगाडि बढाएको हो । उक्त शेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (बैशाख २७ गते)ले ३५ दिन भित्र बैंकको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा आवेदन दिन सक्नेछन् ।

साथै, तोकिएको अवधि भित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य ब्यक्ति तथा संघ संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाउने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस