स्थानीय तह निर्वाचन : मतदान अधिकृतदेखि प्रहरी कमाण्डसम्म महिला

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, ११ : ४७
स्थानीय तह निर्वाचन : मतदान अधिकृतदेखि प्रहरी कमाण्डसम्म महिला

काठमाडौँ  ।बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा इलामको एउटा मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको छ। माईजोगमाई–१ स्थित अमर कल्याण मावि नयाँ बजारका केन्द्र (क) को मतदान अधिकृतदेखि सहयोगीसम्म महिलालाई खटाइएको हो।

निर्वाचन केन्द्र महिलामैत्री र नमुना बनाउन सम्पूर्ण जिम्मेवारी महिलालाई दिइएको निर्वाचन अधिकृत प्रेमप्रसाद काफ्लेले जानकारी दिए। मतदान अधिकृतमा रेश्मा राई, सहायक मतदान अधिकृत दाबा लमु शेर्पा, सहायक कर्मचारी अनु मुखिया र लक्ष्मी राई तथा कार्यालय सहयोगी मेनुका सापकोटा रहेका छन्।

सो केन्द्रको सुरक्षामा समेत महिला प्रहरीको कमाण्डामा राखिएको छ। असई कमला लिङदमको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ। सो केन्द्रमा ८६८ मतदाता रहेका छन्।

प्रतिक्रिया दिनुहोस