तोलामा ७ सय घट्यो सुन

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, ११ : ४१
तोलामा ७ सय घट्यो सुन

काठमाडौं । नेपाली बजारमा सुन चाँदीको भाउ घटेको छ। मंगलबार सुन तोलामा ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।  आज सुन तोलाको ९८ हजार कायम भएको छ। यस अघि सोमबार सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको थियो

त्यस्तै तेजावी सुन तोलाको ९७ हजार ५ सय निर्धारण महासंघले जनाएको छ। त्यस्तै चाँदीको मुल्य तोलामा १० रुपैयाँले घटेर १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस