काठमाडौं ।जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा आज जानकी नवमी मनाइँदैछ।
प्राचीन मिथिलाका राजा जनककी छोरी सीताको जन्म वैशाखको शुक्ल पक्ष नवमीका दिन भएको धार्मिक मान्यता अनुसार आजका दिन प्रत्येक वर्ष जानकी नवमी मनाउने गरिन्छ।यसकाे अवसरमा मधेस प्रदेश सरकारले प्रदेशमा सार्वजनिक बिदा समेत दिएको छ।
जानकी नवमीको अवसरमा बिहानैदेखि जनकपुरधामको जानकी मन्दिर, राम मन्दिर, जनक मन्दिर लगायतमा पूजा गर्ने श्रद्धालुहरूको भीड लागेको छ।केही वर्षअघिसम्म औपचारिकतामा मात्र सीमित हुने जानकी नवमी केही वर्ष यता विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाउने गरिएको छ।
सीताको जन्मोत्सवमा सहभागी हुन एवम् पूजापाठ गर्न नेपाल तथा भारतका विभिन्न स्थानबाट श्रद्धालु भक्तजन तथा पर्यटक जनकपुरधाम आएका छन्।
मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जानकी नवमीले जनकपुरधाम र मधेस प्रदेशको गरिमालाई विश्व स्तरमा स्थापित गर्ने भएको हुँदा यस पर्वको गरिमाको संरक्षण, सम्वर्द्धन र प्रचारप्रसारमा प्रदेश सरकार हरसम्भव रहँदै आएको बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ बैशाख २०७९, १० : २५
लेखकबाट थप