एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका चौधरीको निधन

सफल खबर संवाददाता

मंगलबार, २७ बैशाख २०७९, ०९ : ०९
एमालेबाट वडाध्यक्षका उम्मेदवार बनेका चौधरीको निधन

तुलसीपुर । दाङको तुलसीपुर उपमहानगरपालिका–१७ का वडाध्यक्षका उम्मेदवार लवरु चौधरीको निधन भएको छ । 

नेकपा (एमाले) बाट उम्मेदवार बनेका चौधरीकोे काठमाडौँको त्रिवि शिक्षण अस्पतालमा उपचारका क्रममा गए राति निधन भएको एमाले तुलसीपुरका अध्यक्ष माधव वलीले बताए । बघौसी निवासी ५३ वर्षीय चौधरी मिर्गौला र कलेजो सम्बन्धि रोगबाट पीडित थिए । 

यसअघि उनी तुलसीपुर–१७ को वडा सदस्यमा निर्वाचित हुनुभएको थियो । चुनाव प्रचारकै क्रममा चौधरी एक्कासी बिरामी परेका हुन् । उनलाई उपचारका लागि दुई पटक नेपालगञ्जस्थित भेरी अस्पताल भर्ना गरिएको थियो । त्यहाँ सञ्चो नभएपछि थप उपचारका लागि काठमाडौँको त्रिवि शिक्षण अस्पताल  लगिएको थियो । 

प्रतिक्रिया दिनुहोस