चितवन काँग्रेसले भन्यो-'पाँच दलिय गठबन्धन बाहिर निर्वाचन परिणाम आए दिर्घकालिन असर पर्छ’

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १७ : ४०
चितवन काँग्रेसले भन्यो-'पाँच दलिय गठबन्धन बाहिर निर्वाचन परिणाम आए  दिर्घकालिन असर पर्छ’

चितवन । नेपाली काँग्रेस चितवनका नेताहरुले स्थानीय तहको निर्वाचन गठवन्धनको पक्षमा आउनु पर्नेमा जोड दिएका छन् । निर्वाचन प्रचार प्रसारमा रहेका काँग्रेस नेताहरुले भरतपुर महानगरपालिकाको निर्वाचन गठबन्धन भन्दा बाहिर नतिजा आए काँग्रेस चितवनलाई मात्रै नभई गठवन्धनका दलहरुलाई समेत नोक्सान हुने दाबी गरेका छन् । 

उनीहरुले अहिलेको निर्बाचन कस्को कोल्टामा जान्छ भन्ने भन्दा पनि पाँच दलिय गठवन्धनको भबिश्यको बारेमा सोचेर मतदान गर्न मतदातालाई आग्रह गरेका छन् । काँग्रेस केन्द्रिय सदस्य एबं पूर्ब सभापति टेक प्रसाद गुरुङ्ले स्थानिय तहको निर्वाचनमा पाँच दलिय गठवन्धनको जित आबश्यक रहेको बताए । उनले भने,ुपहिलेको तुलनामा केही माहोल फेरीएको भए पनि अझै कसरत गर्नु पर्छ । उनका अनुसार पाँच दलिय गठवन्धनले निर्वाचन हारेमा काँग्रेसको मात्रै नभएर गठवन्धनमा रहेका दलहरुको भबिश्य समेत खतरामा पर्ने बताए । उनले थपे,'माओवादी केन्द्रका उम्मेदवारले निर्वाचन जित्दै गर्दा काँग्रेसको आक्रोस भए पनि केही समयमा साम्य हुने छ, तर अर्को गठवन्धनले निर्वाचन जितेमा भन्न नसकिने अबस्था आउने छ ।' काँग्रेसका कार्यकर्तालाई १० वर्ष प्रमुख पदमा रुख चिन्हको उम्मेदवार नहुँदा समस्या देखिएको भए पनि बिस्तारै यसको व्यवस्थापन गर्नुपर्ने उनको तर्क छ । 

काँग्रेस चितवनका निवर्तमान सभापति जीतनाराण श्रेष्ठ लोकतान्त्रीक बाम गठबन्धन बाहिरका उम्मेदवारले निर्वाचन जितेमा काँग्रेसको अस्तित्वमा नै प्रश्न उठ्ने बताए  । दिर्घकालिन रुपमा असर गर्ने भन्दै उनले पाँच दलिय गठवन्धनलाई निर्वाचन जिताउन आबश्यक रहेको बताए । निर्वाचनको परिणाम लोकतान्त्रीक बाम गठवन्धनको पक्षमा आउन नसकेको खण्डमा चितवन काँग्रेसलाई दिर्घकाल सम्म क्षती व्यहोर्नुपर्ने हुन्छ, त्यस बिषयमा काँग्रेसी कार्यकर्ताले सोच्नुपर्नेमा जोड दिए ।   

काँग्रेसका बागमती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठले गठवन्धन बाहिरका उम्मेदवारले निर्वाचन जित्दै गर्दा लोकतन्त्र र संबिधान माथिनै खतरा बढ्ने बताए । उनले भने, 'काँग्रेसको नेतृत्वमा बनेको संबिधान कार्यान्वयनको चरणमा रहेको छ । त्यसैले अहिलेको निर्वाचनमा पाँच गठबन्धनको जित सुनिश्चित हुन जरुरी छ । गठवन्धनको नेतृत्व काँग्रेसले गरेका कारण भरतपुर महानगरको नेतृत्व गठवन्धन वाहिर जाँदा काँग्रेसलाई दिर्घकालिन रुपमा ठूलो क्षती हुने उनको जिकिर छ । काँग्रेस चितवनका सभापति राजेश्वर खनालले गठवन्धन बाहिरका उम्मेदवारले निर्वाचन जित्दै गर्दा बिश्वासको मात्रा कम हुने बताए ।'

निर्वाचनमा गठवन्धनले हार व्यहोर्नु भनेको केन्द्र देखिकै अबिश्वास बढ्नु हुन्छ । काँग्रेसका नेता कार्यकर्ता मुलधारमा आउन जरुरी रहेको बताउदैं उनले गठवन्धनको उम्मेदवारलाई बिजयी गराउन सामुहिक दायीत्व भएको बताए । 

नेपाली काँग्रेसका नेता एबं पूर्ब जिल्ला सचिब उत्तम जोशीले सबै गठवन्धनमा इमान्दार भएर लाग्नुपर्नेमा जोड दिदैं भने, ‘गठबन्धन बाहिर दलले निर्वाचन जित्दै गर्दा काँग्रेसको संगठनमा समेत असर गर्ने भएकाले सबै सचेत भएर गठबन्धनको पक्षमा मतदान गर्नुपर्छ ।”  

‘पाँच दलिय गठवन्धन भन्दा बाहिर मत परिणाम आए सांगठनिक दृष्टिकोणले समेत असर गर्छ’, उनले भने, ‘काँग्रेसको मुख्य समर्थन रहेको उम्मेदवार हार्नु भनेको नै काँग्रेस कमजोर हुनु हो ।’

प्रतिक्रिया दिनुहोस