कोरोना अपडेट : थप ८ जनामा संक्रमण, १७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १७ : ३२
कोरोना अपडेट : थप ८ जनामा संक्रमण, १७ जना संक्रमणमुक्त

काठमाडौँ । नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण ८ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार २ जनामा कोरोना परीक्षण गर्दा ८ जनामा सङ्क्रमण देखिएको हो । 

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १९० जना रहेका छन् । पछिल्लो समय १७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । 

twitter sharing button

प्रतिक्रिया दिनुहोस