काठमाडौं । निर्वाचन आयोगले मतदाता सूचीमा नाम भएका तर परिचयपत्र विभिन्न कारणले हराएकाहरुले भोट हाल्न पाउनेगरी व्यवस्था गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले हालसम्म आयोगले यसबारेमा केही निर्णय नगरेपनि यसबारेमा आवश्यक निर्णय हुने विश्वास दिलाए ।
‘मतदाता परिचयपत्र मतदान प्रयोजनका लागि बनेको हो । तर मतदाता परिचयपत्र हराएकाहरुको लागि पनि प्रतिलिपि लिनका लागि आयोगले सूचना निकालेको थियो । त्यो समयमा निवेदन दिनेको हकमा प्रतिलिपि पनि बनेको छ ।
नहराएकाको पुरानै पनि छ’, प्रवक्ता शर्माले भने, ‘यति हुँदा पनि नभएकाको हकमा विगतमा आयोगले निर्वाचनको २–३ दिन अघि आफ्नो परिचय खुल्ने कागजातका आधारमा दिने भनेर निर्णय गरेको थियो । अहिले आयोगले निर्णय गरेको छैन । आशा गरौँ, त्यस्तो निर्णय होला ।’
उनले विगतको तुलनामा अहिले यस पटकको निर्वाचन कम खर्चिलो हुने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १७ : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मृतकको नाम प्रयोग गरी मतदान हुन नदिन आवश्यक व्यवस्था गरिएको आयोगको स्पष्टीकरण
निर्वाचन आचारसंहिता लेखिएको छाप प्रयोग गर्न अनुगमन अधिकृतलाई आयोगको अनुरोध
समानुपातिक बन्द सूचीमा रहेका त्रुटिबारे दलहरूसँग छलफल गर्दै आयोग
आयोगद्वारा नेपाली कम्युनिष्ट पार्टीलाई दल दर्ताको प्रमाणपत्र प्रदान
एमालेले आयोगसमक्ष बुझायो ७ बुँदे धारणा