‘३० गते पानी पर्ने सम्भावनाप्रति आयोग चिन्तित’

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १६ : ४८
‘३० गते पानी पर्ने सम्भावनाप्रति आयोग चिन्तित’

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका दिनमा पानी पर्ने सम्भावना भएकाले सुरक्षित तरिकाले मतदान गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पानी पर्ने सम्भावना रहेको जानकारी पाएको र त्यसप्रति आयोग चिन्तित रहेको बताए ।“मौसमका सम्बन्धमा हामी पनि चिन्तित छौँ । आज मात्रै गृह मन्त्रालयमा मौसम विभागको कर्मचारीले प्रेजेन्टेसन गरेको पनि हामीले हेरेर आयौँ । उहाँको प्रस्तुतिअनुसार ३० गते पनि पानी पर्ने सम्भावना छ,” सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा उनले भने, “त्यसैका कारण ७५३ ठाउँमा आयोगबाट सामग्री किनेर पठाउने सकिने अवस्था छैन । त्यसैले सामान्य प्रशासन मन्त्रालयबाट सक्षम स्थानीय तहलाई आवश्यक व्यवस्था गर्न भनेका छौँ ।”

सबै पालिकामा विपद् व्यवस्थापन कोष भएकाले विपद् व्यवस्थापनसँग सम्बन्धित सामग्रीको प्रयोग गरेर मतदानस्थल र सामग्री सुरक्षित गर्न आग्रह गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस