उपाध्यक्ष पदकी प्रत्यासी रोकायाद्वारा चुनाव जिते सेवा–सुविधा नलिने घोषणा

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १६ : ३९
उपाध्यक्ष पदकी प्रत्यासी रोकायाद्वारा चुनाव जिते सेवा–सुविधा नलिने घोषणा

सिमकोट ।सिमकोट गाउँपालिका उपाध्यक्ष पदकी प्रत्यासी सुुशीला भाम रोकायाद्वारा आफूले निर्वाचन जिते राज्यद्वारा पाइने सेवा–सुविधा नलिने घोषणा गरेकी छन्।

चुनावी प्रचारप्रसार अभियानमा उपाध्यक्ष पदकी प्रत्यासी रोकायाले आफू उपाध्यक्ष पदमा निर्वाचित भए सरकारले उपलब्ध गराउँदै आएको कुुनै पनि सेवा–सुविधा नलिने र उक्त सुविधा गरिब तथा निमुुखाका लागि लगानी गर्ने बताइन्। चुनावी प्रचार प्रसारको अन्तिम समयमा उनले उक्त घोषणा गरेकी हुन्।उनले राज्यले जनप्रतिनिधिका लागि दिने सेवा–सुविधाको आफू विपक्षमा रहेको समेत बताइन्। उनी सामाजिक विभेद धेरै भएको र त्यसविरुद्ध आवाज उठाउन पनि आफ्नो उम्मेदवारी रहेको दाबी गरिन्।

उनी गठबन्धन दलका तर्फबाट कांग्रेसकी उम्मेदवार हुन्। उनीविरुद्ध एमालेकी प्रतिमा लामा र स्वतन्त्र उम्मेदवार दीपबहादुुर सिंह चुनावी मैदानमा छन्।सिमकोट गाउँपालिकामा उपाध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त हुने देखिएको छ। अघिल्लो निर्वाचनको मतलाई केलाउँदा सिमकोट गाउँपालिका ठूला दल कांग्रेस र नेकपा माअ‍ोवादी केन्द्रबीच दुुई दलीय समीकरण रहेको छ। उक्त निर्वाचनमा एमाले तेस्रो दलका रूपमा देखिएको थियो।

 

प्रतिक्रिया दिनुहोस