अनिल परियारको हत्यारालाई कारबाहीको माग गर्दै भरतपुरमा मोटरसाइकल र्‍याली

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १६ : ३०
अनिल परियारको हत्यारालाई कारबाहीको माग गर्दै भरतपुरमा मोटरसाइकल र्‍याली

चितवन । चितवनमा अज्ञात समूहको आक्रमणबाट ज्यान गुमाएका अनिल परियारको हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाइकल र्‍याली निकालिएको छ । नेपाल तरुण दल चितवनले आज (सोमबार) दिउँसो परियारको हत्यारालाई कारबाहीको माग गर्दै मोटरसाइकल र्‍याली निकालेका हुन् । भरतपुरको विरेन्द्र क्याम्पस गेटबाट निस्किएक्को र्‍याली लायन्सचोक, पुलबाट पुन: क्याम्पस गेट हुँदै चौबिककोठीमा आएर कोण सभामा परिणत भएको थियो ।

र्‍यालीमा हजारौंको संख्यामा तरुण दल र नेपाल विद्यार्थी संघका युवाहरु सहभागी थिए । उनीहरुले ‘हत्यारालाई फाँसी दे’, ‘पीडितलाई न्याय दे’, ‘हत्यारालाई काराबाही गर’ भन्दै नाराबाजी गरेका थिए । चौबिसकोठीमा भएको कोण सभालाई बागमती प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री एवं कांग्रेस चितवनका नेता मिलन बाबु श्रेष्ठ, नेपाल तरुण दल चितवनका अध्यक्ष राजन ताम्राकारलगायतले सम्बोधन गरेका थिए ।

सभालाई सम्बोधन गर्दै श्रेष्ठले यो घटनालाई कांग्रेसलाई ठूलो क्षती पुगेको बताए । उनले घटनामा संलग्न दोषीलाई कारबाही गर्न प्रशासनसँग आग्रह गरिएको जानकारी दिए ।उनले केन्द्र र प्रदेश प्रहरी कार्यालयबाट अनुसन्धानको टोली घटनाको छानबिनमा लागिसकेको बताए । उनले सरकारसँग हत्यारालाई काराबाहीको माग गर्दै पीडितको परिवारलाई क्षतिपुर्ती माग गरे ।

 

 

प्रतिक्रिया दिनुहोस