काठमाडौं ।बर्दियाको जब्दीघाटमा बबई नदीमाथि बनेको पुल निर्माणमा अनियमितता भएको भन्दै विशेष अदालत काठमाडौंले पप्पु कन्स्ट्रक्सनका पूर्व अध्यक्ष तथा निलम्बित सांसद हरिनारायण रौनियार र उनका छोरा सुमितलाई जनही ३ करोड ६२ लाख २९ हजार जरिवानाको सजाय गरेको छ।
करिब साढे तीन करोड रुपैयाँ जरिवाना गरेको छ। विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेलसहितको दुई सदस्यीय इजलासले आइतबार रौनियार र उनका छोरालाई जरिवाना गरेको हो।पप्पु कन्स्ट्रक्सनले जब्दीघाटको पुल निर्माणमा गुणस्तरहीन काम गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुमाथि तीन वर्षअघि मुद्दा दायर गरेको थियो। अख्तियारले मुद्दा दायर गरेका १२ जनामध्ये ८ जनालाई अदालतले दोषी ठहर गरेको छ भने ४ जनाले सफाइ पाएका छन्।
विशेष अदालतले अन्य ६ जनालाई कैदसहित जरिवानाको फैसला गरेको छ। अदालतले रौनियार र उनका छोरा सुमितलाई जनही ३ करोड ६२ लाख २९ हजार जरिवानाको सजाय गरेको छ भने अन्य ६ जनालाई कैदसहित जरिवाना गरेको छ।जब्दीघाट पुल निर्माणका क्रममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको थियो भने पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किने अवस्था आएको अख्तियारको ठहर छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ बैशाख २०७९, १५ : ३९
लेखकबाट थप