बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

सफल खबर संवाददाता

सोमबार, २६ बैशाख २०७९, १५ : २६
बाँकेमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

बाँके। बाँकेको राप्तीसोनारी  गाउँपालिका–८ गल्ली  कुटानमा आज मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकल चालक दाङको तुलसीपुर उपमहानगरपालिका ५ का २९ वर्षीय मान बहादुर विश्वकर्मा र सोही मोटरसाइकलमा पछाडि सवार  २५ वर्षीय किशोर बसौली रहेका छन् ।दुर्घटनामा गम्भिर घाइते भएका दुबै जनाको उपचारको क्रममा नेपालगञ्ज स्थित मेडिकल कलेज कोहलपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको भे १० प २७८४ नम्बरको मोटरसाइकल आज बिहान पौने १० बजे नियन्त्रण गुमाएर पल्टिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस