कोरोना अपडेट : थप १७ जनामा संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

आइतबार, २५ बैशाख २०७९, १५ : ४७
कोरोना अपडेट  : थप १७ जनामा संक्रमण पुष्टि, २१ जना संक्रमणमुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार १० जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै, आइतबार २१ जना कोरोनाको संक्रमणबाट मुक्त भएका छन् भने २०१ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।