एक चौथाइमा झर्‍यो खानेतेलको उत्पादन

सफल खबर संवाददाता

आइतबार, २५ बैशाख २०७९, ०७ : ४९
एक चौथाइमा झर्‍यो खानेतेलको उत्पादन

काठमाडौं । लम्बिँदो रूस–युक्रेन तनावबीच इन्डोनेशियाले खानेतेलको कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि स्वदेशी तेल उद्योगको उत्पादन एक चौथाइमा झरेको छ । कच्चा पदार्थ आयातमा अवरोध आएपछि उत्पादन खुम्चिएको उद्योगीहरूले बताए ।

कच्चा पदार्थको आपूर्ति असहज भएपछि बारा–पर्साका तेल उद्योग अहिले क्षमताको २५ प्रतिशतमा चलिरहेको उद्योगी बताउँछन् । अर्धप्रशोधित तेलका मुख्य उत्पादक देशबाट आयात अवरुद्ध भएपछि उत्पादन करीब एक चौथाइमा झरिसकेको नारायणी आयलका सञ्चालक निखिल चाचानले बताए ।

‘यसअघि यहाँका उद्योगले क्षमताको ८० प्रतिशतसम्म उत्पादन गरिरहेका थिए । अहिले त्यो २५र३० प्रतिशतमा झरिसकेको छ,’ चाचानले  भने । कच्चा पदार्थ आपूर्तिमा यस्तै समस्या रहिरहे उत्पादन अझ कम हुँदै जाने उद्यमीको भनाइ छ । नेपालका दुई दर्जन खानेतेल उद्योगमध्ये अधिकांश ९१४ ओटा० यही कोरिडोरमा छन् । अन्य विराटनगर र भैरहवामा सञ्चालित छन् ।

स्वदेशी उत्पादकले युक्रेन र रूसबाट सूर्यमुखी र भटमासको अर्धप्रशोधित तेल आयात गर्छन् । तोरीको अधिकांश परिमाण पनि यी देशबाटै आउने गरेकोमा २ महीनादेखि जारी तनावले आपूर्ति अवरुद्ध भएको छ । आर्थिक अभियान दैनिकमा खबर छ ।

प्रतिक्रिया दिनुहोस