काठमाडाैँ । निर्वाचन आचारसंहिताविपरीत मधेस सरकारका मन्त्री चुनावी सभामा सहभागी भएका छन्।
शनिबार जनकपुरधाममा आयोजना भएको सत्ता गठबन्धनको चुनावी सभामा मधेस प्रदेशका आन्तरिक मामिमा तथा सञ्चारमन्त्री भरतप्रसाद साहले उदघोषण गरिरहेका छन्।निर्वाचन आचारसंहितामा मन्त्री चुनावी प्रचारप्रसारमा सहभागी हुन नपाउने व्यवस्था रहे पनि मन्त्री साह सहभागी मात्र नभई कार्यक्रमको उदघोषण नै गरिरहेका छन्।
चुनावी सभामा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु मञ्चमा छन्।जनकपुरधाम उपमहानगरपालिकामा सत्ता गठबन्धनको तर्फबाट जसपाको मेयर र कांग्रेसको उपमेयर चुनावी मैदानमा छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ बैशाख २०७९, १६ : ३०
लेखकबाट थप