हवाना होटल विस्फोट : एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु

सफल खबर संवाददाता

शनिबार, २४ बैशाख २०७९, १३ : ३६
हवाना होटल विस्फोट : एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु

एजेन्सी । हवानाको साराटोगा होटलमा शुक्रबार भएको शक्तिशाली विस्फोटमा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको क्युबाली राष्ट्रपति कार्यालयको प्रशासनले शनिबार जनाएको छ।

क्युबाका राष्ट्रपति मिगुएल डियाज(क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यबद्धताका लागि मित्र राष्ट्रहरूलाई धन्यवाद दिनुभएको छ।बैठकमा घोषणा गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार उक्त घटनामा एक गर्भवती महिला र बच्चासहित १८ जनाको मृत्यु भएको थियो ।

क्युवाली अधिकारीहरूले यसअघि विस्फोटमा परी नौ जनाको मृत्यु भएको र ४० जना घाइते भएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस