पाँच दलीय गठवन्धनको भरतपुर ११ मा भव्य कोणसभा   ,मतदाता छमछमी नाचेर भने हाम्रो भोट रेनु र चित्रसेनको समुहलाई

सुजन अधिकारी

शुक्रबार, २३ बैशाख २०७९, २१ : ००
पाँच दलीय गठवन्धनको भरतपुर ११ मा भव्य कोणसभा   ,मतदाता छमछमी नाचेर भने हाम्रो भोट रेनु र चित्रसेनको समुहलाई

 पाँच दलीय गठवन्धनको भरतपुर ११ मा भव्य कोणसभा   ,मतदाता छमछमी नाचेर भने हाम्रो भोट रेनु र चित्रसेनको समुहलाई
चितवन । पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिका  वडा न ११ को लामा टोलमा भव्य  कोणसभा सम्पन्न गरेको छ ।
कोण सभालाई सम्बोधन गर्दै प्रमुखकी उम्मेदवार  रेनु दाहालले सुन्दर  र देशकै नमुना महानगर निर्माण गरने योजना लिएर आफू निर्वाचनमा होमिएको बताउँँदै यसलाई साकार पार्न आदरणीय नगरबासीहरूको मतदान मार्फत सहयोग गर्न आग्रह गरिन् ।भरतपुर महानगरपालिकाको निवर्तमान प्रमुख समेत रहेकी दाहालले बितेको ५  बर्षमा सुन्दर सहरको  आधारभूत पूर्वाधार निर्माण गरिसकेको र यसलाई पूरा गर्नका लागि प्रमुखको  उम्मेदवारी  दिएको बताईन् । बितेको ५ बर्षमा भरतपुरले दैशके नमुना विकास गरेको र आगामी कार्यकालमा बिकास, समृद्दि र सुशासनको उत्कृष्ट नमुना भरतपुरबाट गरेर देखाउने बताउदै  जखडीमाई खानेपाली आयोजना ३७ करोडको लागतमा आफूलेने सुरूगरेको र छिट्टै सम्पन्न हुने बताईन् ।बसेनी बजार लामाटोल सहक निर्माण भैसकेको र बाईपास गोर्खाली टोल  ३ किमी सडक स्मार्ट सिटी कार्यक्रम अन्तरगत टेन्डर निस्कासनको चरणमा रहेको बताईन् । नवजागृती फन पार्कलाई गुरूयोजना बमोजिम वार्षिक रूपमा बजेट विनियोजन गरेको र आगामी कार्यकालमा यसलाई पनि पुरा गर्ने योजना सहित अगाडि बढेको बताउदै   अब मध्य भरतपुरका सबै वडाहरूको सतह ढल र प्रशाधन केन्द्र निर्माण गरी सहरी  क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउने  योजना अगाडि  बढाइ सकेको समेत बताईन् । भूमिहीनहरूलाई जग्गाधनी पूर्जा र बेरोजगारी समस्या हल गर्ने आफ्नो मूख्य लक्ष्य रहेको समेत बताईन ।

सो अवसरमा नेपाली काग्रेसका नगर सभापति तथा उप मेयरका उम्यद्वार  चित्रसेन अधिकारीले  आफूले बितेको ५ बर्ष वडाअध्यक्षको भूमिका सफलताका साथ पूरा गरी सकेको र आफू उपमेयरका लागि यहॉहरूसंग मत माग्न आएको बताउदै समृद्ध भरतपुर नगरवासीको  सपना पुरा गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
कोणसभामा माओवादी केन्द्रका नेता तथा वडा न ११ का अध्यक्षका उम्मेदवारी  यूवराज पौडेलले आफ्नो उम्मेदवारी ११ न वडाको समग्र विकासका लागि  भएको बताउदै आदरणीय वडावासीहरूको ईच्छा र चाहना बमोजिम अगाडि बढ्ने प्रतिबद्धता  व्यक्त  गरेका थिए ।
चुनावी सभालाई   पाँच दलीय गठबन्धनका नेता तथा नेपाली काग्रेस चितवनका जिल्ला कमिटी सदस्य ज्ञानेन्द्र गिरीले यो गठबन्धन राष्टिय आवश्यकता भएको भन्दै प्रतिगमनलाई परास्त गर्न ५ दलिय गठवन्धनले निर्वाचन जित्नै पर्ने बताउदै गठबन्धनको निर्णय अनुसार मतदान गर्न आग्रह गरे ।


नेपाली काग्रेसका वडा कमिटी सभापति अमर लामाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।माओवादी केन्द्रका नेता यूवराज पौडेल अध्यक्ष रहेको ५ दलिय गठवन्धनको उम्यद्वारहरू महिला सदस्य माओवादी केन्द्रकी नेत्री मैया मलबुल नेपाली ,नेका बाट विष्णु प्रसाद न्योपाने महिला सदस्य शिव कुमारी लामा , र समाजवादीबाट ज्ञान बहादुर कुमाल सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस