काठमाडौँ ।नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले राजनीतिक स्थायित्वका लागि पाँच दलीय गठबन्धन बनेको बताएका छन्।
शुक्रबार काठमाडौंमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘गठबन्धनलाई बलियो बनाएरै लैजाउ मुलुकलाई बनाउन भन्ने हो। देशमा राजनीतिक स्थिरता देखाउन हामी आफैंले देखाउन सकेका छैनौं,’ उनले भने, ‘यो संविधान जोगाउनका लागि गरिएको गठबन्धन हो। यो विषयलाई कार्यकर्ताले पनि ध्यान दिनुहोला।’
संविधान भत्काउने काम गरिएपछि गठबन्धन बनाइएको भन्दै पाँच दलको गठबन्धनलाई मजबुत बनाएर मुलुकको विकासमा ध्यान दिनु अहिलेको आवश्यकता रहेको पौडेलको भनाइ छ‘काठमाडौं महानगरका उम्मेदवारहरुलाई भन्न चाहन्छु। सुशासन दिने काम गर्नुहोला। भ्रष्टाचार अन्त्य गर्नुस्,’उनले भने,‘फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेर तपाईंहरुले काम गर्नुपर्नेछ।’
गठबन्धन सफल बनायो भने नेपालको विकास हुने भन्दै उनले यसले सबैलाई राम्रो हुनेसमेत बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २३ बैशाख २०७९, १६ : ४०
लेखकबाट थप