कोरोना अपडेट : थप १५ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १५ : ५६
कोरोना अपडेट : थप १५ जनामा संक्रमण पुष्टि, १७ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ४५३ जनामा गरिएको नमुना परीक्षणमा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही समयमा १७ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् भने नेपालमा हाल २१५ जना संक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८४ हजार ६२१ जनाले कोभिड(१९ विरुद्धको खोप लगाएका छन् । 

प्रतिक्रिया दिनुहोस