नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १३ : ३६
नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा

काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर खाने एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा जागिर खाएका विरजुकुमार गच्छदारका विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गच्छदारका बारेमा अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विद्यालयमा नियुक्ति पाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।  अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस