नेपाल लाइफ २२ औं वर्षमा प्रवेश

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १३ : ०७
नेपाल लाइफ २२ औं वर्षमा प्रवेश

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आफ्नो स्थापनाको २२ औं वर्षमा प्रवेश गरेको छ ।

सो कम्पनी २०५८ साल वैशाख २१ गते स्थापना भई बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ठ सेवा प्रदान गर्दै आइरहेको छ । देशका दुरदराज, कुनाकन्दरासम्म बीमाको पुहँच पुर्‍याउँदै मानिसको जीवनमा आइ पर्ने जोखिममा आर्थिक भार कम गर्दै आम मानिसको मुहारमा मुस्कान छर्न र पीडामा मलम लगाउन सफल भई आज देशको सबैभन्दा सफल र सर्वाधिक विश्वासिलो लाइफ इन्स्योरेन्स कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ ।

२२ औं वार्षिकोत्सवको अवसरमा नेपाल लाइफले देशभरी विभिन्न ९ ठाउँमा नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा बृहत रक्तदान कार्यक्रम गरेको छ । ‘रक्तदान जीवन दान’ भन्ने अभिप्रायले सक्तदान कार्यक्रमको आयोजना गरिएको कम्पनीले जनाएको छ ।

सो अवसरमा कम्पनीमा अविछिन्न रुपमा दुई दशक तथा एक दशक सेवा गर्ने कर्मचारीहरुलाई प्रशंसा पत्रका साथ सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस