शिक्षकको रिक्त दरबन्दी विवरण जेठ २० भित्र पठाउन आग्रह

सफल खबर संवाददाता

शुक्रबार, २३ बैशाख २०७९, १० : ४४
शिक्षकको रिक्त दरबन्दी विवरण जेठ २० भित्र पठाउन आग्रह

काठमाडौं  शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक पदको रिक्त दरबन्दी विवरण पठाउन सबै शिक्षा विकास तथा समन्वय इकाइलाई आग्रह गरेको छ।विकास केन्द्रले २०७९ वैशाख १ गतेदेखि ०७९ चैत्र मसान्तसम्म रिक्त भएका र रिक्त हुने शिक्षक दरबन्दी विवरण पठाउन आग्रह गरेको हो।

उक्त सबै विवरण आगामी जेठ २० गतेभित्र पठाउन भनिएको छ।‘खुद पुल दरबन्दी रहेका स्थानीय तहहरूको हकमा खुद पुल दरबन्दी रहेको तहमा खुद पुल रहेसम्म विज्ञापन नगरिने भएकोले उक्त स्थानीय तहहरूको रिक्त विवरण नपठाउन अनुरोध छ,’सूचनामा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस