काठमाडौं । सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१० को ९क) बमोजिम डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।
रिक्त दुई पदका लागि अन्य उम्मेदवारलाई पाखा लगाउँदै पौडेललाई मात्रै बढुवा सिफारिस गरेपछि अहिले यो विषय पेचिलो बनेको छ। समान क्षमताका अन्यलाई पछि पार्ने नियतले पौडेललाई भावी आईजीपीका लागि उम्मेदवार बनाउने हिसावले एक पदमा मात्रै बढुवा गरिएको सरोकारवालाहरू बताउँछन्।
सशस्त्र प्रहरीका पूर्वउच्च अधिकारी भन्छन्, ‘यहाँ त सिधै चलखेल भएको छ। खाली भएका दुइटा ठाउँमा एउटाको मात्रै बढुवा सिफारिस गर्ने कारण के हो ? सम्बन्धित पक्षले जवाफ दिनुपर्छ। नियतबस पौडेललाई एआईजी बनाएर भावी आईजीपीका लागि तयार गरिएको हो।’
सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका हुन्। वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधि पद्धति कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामू निरीह देखिएका छन्। यो समाचार अन्नपूर्ण पोस्टमा छापिएको छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, २३ बैशाख २०७९, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सशस्त्र प्रहरीको १३औं आईजीपी नारायणदत्त पौडेल
सशस्त्र प्रहरीका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
विपद् व्यवस्थापनमा उच्च मनोबलसहित खटिन सशस्त्र प्रहरीलाई निर्देशन
सशस्त्र प्रहरीमा बाहिरी भेटघाटमा कडाइ, भेट गर्नुपरे पूर्वस्वीकृति अनिवार्य
सीमा क्षेत्रमा सुरक्षा कडा, आपराधिक गतिविधि देख्नेबितिकै खबर गर्न सशस्त्र प्रहरीको अनुरोध
सशस्त्र प्रहरीमा ८४६ जनाको लागि खुल्यो जागिर