दलका चुनावी प्रचारमा हिँड्ने शिक्षकलाई कारबाही गरिने

सफल खबर संवाददाता

विहीबार, २२ बैशाख २०७९, १६ : ३४
दलका चुनावी प्रचारमा हिँड्ने शिक्षकलाई कारबाही गरिने

 काठमाडौं । शिक्षक नै खुलेआम दलका चुनावी प्रचारमा हिँडेको पाइएपछि शिक्षा विकास तथा समन्वय एकाइले त्यसो नगर्न शिक्षक तथा विद्यालय कर्मचारीको ध्यानाकर्षण गराएको छ।

एकाइ प्रमुख कुश्मराज उपाध्यायले शिक्षकहरु दलका अभियानमा खुलेर लाग्नु आचारसंहिता विपरीत हुने बताए। शिक्षकलाई चुनावी प्रचारमा हिँड्न शिक्षासम्बन्धी ऐन, कानुनले पनि नदिने उनको भनाइ छ।एकाइले विद्यालयलाई पत्राचार गर्दै निर्वाचन आचारसंहिताविरुद्ध हुने कुनै पनि कार्य नगर्न/नगराउन भनेको छ। प्रचलित ऐन, नियम र आचारसंहिता विपरीत कार्य भएमा नियमानुसार कारबाही हुने एकाइले जनाएको छ।

दलका चुनावी अभियानमा शिक्षक प्रत्यक्षरुपमै संलग्न भएका गुनासा आएपछि त्यसलाई निरुत्साहित पार्न पहल लिइएको एकाइ प्रमुख उपाध्यायले बताए।

प्रतिक्रिया दिनुहोस