एनसीसी बैंकले २३ थान एटिएम मेसिन बिक्री गर्ने

सफल खबर संवाददाता

मंगलबार, २० बैशाख २०७९, १६ : ३८
एनसीसी बैंकले २३ थान एटिएम मेसिन बिक्री गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले एटिएम मेसिनहरु बिक्री गर्ने भएको छ । बैंकले शाखा कार्यालयहरुमा सञ्चालनमा नरहेका २३ थान एटिएमहरु बिक्री गर्ने भएको हो ।

बैंकको बागबजारस्थित प्रधान कार्यालय र चाहविलस्थित कार्यालयमा रहेको एटिएमहरु जेजहाँ जस्तो अवस्थामा छ, सोही अवस्थामा सोही स्थानबाट बिक्री गर्नुपर्ने भएकाले इच्छुक व्यक्ति तथा फर्महरुले खरिद गर्न चाहेमा बैंकको सामान्य प्रशासन विभाग काठमाडौंमा १५ दिन अर्थात जेठ ३ गतेभित्र सिलबन्दी प्रस्ताव पेश गर्न बैंकले आह्वान गरेको छ ।

प्रस्ताव दर्ता गर्ने अन्तिम दिन कुनै सार्वजनिक बिदा परेमा लगत्तै खुलेको दिन प्रस्ताव पेश गर्न सकिने बैंकले जनाएको छ । बैंकमा परेका गोप्य सिलबन्दी प्रस्ताव स्वीकृत वा अस्वीकृत गर्ने अधिकार बैंकमा निहित रहने बैंकको सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस