काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । निर्वाचन आचारसंहिताभन्दा तोकिएको रकम खर्च गरिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएका कोइरालालाई आगामी दिनमा यस्ता अभिव्यक्त नदिन आयोगले सचेत गराएको हो ।
सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो ।
यस्तै आयोगले निर्वाचनमा आयोगले तोकेको भन्दा बढी खर्च गरेको भन्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि सचेत गराएको छ ।कोइरालाले निर्वाचन आयोगमा २१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरे पनि सार्वजनिक अभिव्यक्तिमा भने ६ करोड रुपैयाँ खर्च भएको बताए ।
कोइराला र अधिकारीलाई आयोगले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणपछि आयोगले उहाँहरूलाई सचेत गराएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलसमक्ष निर्वाचन आयोगको प्रतिवेदन पेस
राजनीतिक दलद्वारा शान्ति सुरक्षा र भयरहित निर्वाचन गर्न निर्वाचन आयोगको ध्यानाकर्षण
दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
देशभरका जुनसुकै निर्वाचन कार्यालय गएर फोटो खिचाउन र बायोमेट्रिक दिन सकिने
चुनावको तयारीबारे छलफल गर्न दलहरूलाई आयोगले बोलायो
प्रधानमन्त्री कार्की र निर्वाचन आयोगका पदाधिकारीबीच छलफल