काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालालाई सचेत गराएको छ । निर्वाचन आचारसंहिताभन्दा तोकिएको रकम खर्च गरिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुभएका कोइरालालाई आगामी दिनमा यस्ता अभिव्यक्त नदिन आयोगले सचेत गराएको हो ।
सोमबार आयोगको नियमित पत्रकार सम्मेलनमा आयोगले आचारसंहिताको मूल आस्थामा प्रभाव पर्ने गतिविधि नगर्न त्यस्ता अभिव्यक्ति अबको दिन नदिन सचेत गराएको जानकारी गरायो ।
यस्तै आयोगले निर्वाचनमा आयोगले तोकेको भन्दा बढी खर्च गरेको भन्ने अभिव्यक्ति दिएका गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीलाई पनि सचेत गराएको छ ।कोइरालाले निर्वाचन आयोगमा २१ लाख ७५ हजार रुपैयाँ खर्च गरेको विवरण पेश गरे पनि सार्वजनिक अभिव्यक्तिमा भने ६ करोड रुपैयाँ खर्च भएको बताए ।
कोइराला र अधिकारीलाई आयोगले स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणपछि आयोगले उहाँहरूलाई सचेत गराएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १६ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदन गुरुङद्वारा २१ लाखभन्दा बढी चुनावी खर्च विवरण निर्वाचन आयोगमा पेश
दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया
६ दलले समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम आज बुझाउने
उम्मेदवारलाई चुनावी खर्च सार्वजनिक गर्न निर्वाचन आयोगको आग्रह
निर्वाचन आयोगद्वारा मातृका यादवलाई निर्वाचित भएको घोषणा
निर्वाचनसम्बन्धी विशेष इकाइहरू बन्द