काठमाडौं । युवा लेखक केशव घिमिरेको उपन्यास ‘रूपिका’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखक टेकनाथ दाहाल, दिल पौडेल, निर्भीकजंग रायमाझी र निबन्धकार दीपक सापकोटाले उपन्यास संयुक्त रुपले सार्वजनिक गरे ।
लोकार्पण कार्यक्रममा बोल्दै लेखक टेकनाथ दाहालले रूपिका उपन्यासले युवावयको कथालाई स्थानीय स्वादसहित पस्कन सफल भएको बताए । ‘लेखक स्वयं युवा भएकाले युवावस्थाको चित्रण उपन्यासमा स्वभाविक रुपमा आएको छ । सँगै शोषण, विभेद र सामाजिक कुरीतिलाई पनि उपन्यासले सान्दिर्भक ढंगले उठाएको छ’, दाहालले भने ।
निबन्धकार दीपक सापकोटाले भने आख्यानमा पात्रको उपस्थिति सघन हुनुपर्नेमा जोड दिए । ‘पात्र जति बलियो भयो, उपन्यास त्यति नै पठनीय हुन्छ । पात्रहरूको विविधता र सबलीकरण गर्न नसक्नु आजको आख्यानको चुनौती हो’, सापकोटाले भने । इन्डिगो इन्कले प्रकाशन गरेको ‘रूपिका’को मूल्य ३ सय ४९ रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ बैशाख २०७९, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक असाधारण अन्तर्वार्ता’ मा अद्भुत कथा
शान्तिराम र रजनीलाई जसराज प्रतिभा पुरस्कार
‘युगकवि सिद्धिचरण पुरस्कार’ सिस्नुपानीलाई
गङ्गादेवी चौधरी साहित्यकला मन्दिरद्वारा पुरस्कार राशिमा व्यापक वृद्धि, तीन स्रष्टा सम्मानित हुँदै
भैरव अर्यालको प्रतिमा अनावरण
गुरागाईंलाई वसुन्धराश्री, रावललाई मानश्री पुरस्कार