जग्गामा महिलाको पहुँच बढ्यो

पत्रपत्रिकाबाट

आइतबार, ०६ जेठ २०७५, ०७ : २०
जग्गामा महिलाको पहुँच बढ्यो

काभ्रे । काभ्रेमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ ।

सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरी दिएकाले जग्गामा महिलाको पहँुच बढ्दै गएको हो । मालपोत कार्यालय काभ्रेको तथ्यांकअनुसार अर्थिक बर्ष ०७२/७३ को तुलनामा आव ०७३/७४ मा जग्गामा महिलाको स्वामित्व ३८ प्रतिशतले वृद्धि भएको छ ।आजको कारोबारमा यो समाचार छापिएको छ ।

प्रतिक्रिया दिनुहोस