सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १२ सिन्धुखोलामा शुक्रबार भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मेलम्चीबाट सिपाघाटतर्फ जाँदै गरेको बा ७४ प ७४८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा काभ्रे मण्डन देउपुर नगरपालिका(६ का ४० वर्षीय इन्द्रबहादुर खड्काको घटना स्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।
मोटरसाइकल सडकबाट करिब ६५ मिटर तल खसेको थियो । उक्त सडकखण्डमा हाल सडक स्तरोन्नतिको काम भइरहेको छ । बाइक अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने मेलम्चीका प्रहरी सहायक निरीक्षक सुरज थापाले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १६ बैशाख २०७९, १७ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु
रौतहटमा ट्रक र कार ठोक्किँदा वृद्धको मृत्यु, दुई जना घाइते
काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना, २२ यात्रु घाइते