कोरोना अपडेट : थप १४ जनामा संक्रमण पुष्टि, १९ जना संक्रमणमुक्त

सफल खबर संवाददाता

शुक्रबार, १६ बैशाख २०७९, १५ : २४
कोरोना अपडेट : थप १४ जनामा संक्रमण पुष्टि, १९ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल २ हजार ७७१ नमुना परीक्षणका क्रममा १४ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप १९ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २४३ रहेको छ ।