भोलिदेखि हवाई कम्पनीहरुले आन्तरिक उडान बन्द गर्ने

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १८ : ०८
भोलिदेखि हवाई कम्पनीहरुले आन्तरिक उडान बन्द गर्ने

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान) ले बिहीबारदेखि कार्यान्वयनमा ल्याएको रात्रिकालीन आन्तरिक हवाई उडान सेवाप्रति हवाई कम्पनीहरुले विरोध जनाएका छन् । बिहीबार वायुसेवा सञ्चालक संघ (एओन) ले एक प्रेस विज्ञप्ति जारी गर्दै क्यानको उक्त निर्णय आफुहरुलाई अमान्य भएको बताएको हो । 

क्यानले हिजो वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो । उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्ध वायुसेवा कम्पनीहरु बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उक्त निर्णय तत्काल सच्याउन र यसअघिको वैशाख ३ गतेकै उडान स्लट कार्यान्वयनमा ल्याउन माग गरेको छ । 

यदि यसो नगरिए वैशाख १६ गतेदेखि (भोलि) नै सम्पूर्ण उडान बन्द गरेर आन्दोलनमा जाने हवाई कम्पनीहरुले चेतावनी दिएका छन् । 
 

प्रतिक्रिया दिनुहोस