त्रिवि अन्तर्गतका क्याम्पसमा २३ दिन बिदा

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १५ : २५
त्रिवि अन्तर्गतका क्याम्पसमा २३ दिन बिदा

काठमाडौं ।त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतका सबै क्याम्पसहरूमा यही बैशाख २२ गतेदेखि बिदा हुने भएको छ ।

त्रिवि कार्यकारी परिसद्को बुधबार बसेको बैठकले बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने निर्णय गरेको हो सो बिदा सन्त्रान्त (सेमेस्टर) बिदा दिइने क्याम्पसहरूमा अध्ययन संस्थानले निर्णय गरे बमोजिम र अन्य क्याम्सहरूमा परीक्षाहरू यथावत् रहने गरी २३ दिनसम्म दिइने त्रिवीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस