एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा ब्याज छुट दिने

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १२ : १५
एशियन लाइफ इन्स्योरेन्सले ब्यतित बीमालेखमा ब्याज छुट दिने

काठमाडौं । एशियन लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका तथा नियमित रुपमा बीमा शुल्क भुक्तानी नगरेको कारण २०७७ बैशाख १५ गते भन्दा अगाडि ब्यतित भएका बीमालेखहरु २०७९ बैशाख १२ गतेभित्र पुर्नजागरण बीमितहरुलाई लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको हो ।

ब्यतित बीमालेख २०८४ बैशाख १५ पश्चात परिपक्व हुने बीमालेखहरुको हकमा १०० प्रतिशत, २०८१ बैशाख १५ गतेदेखि २०८४ बैशाख १५ सम्म परिपक्व हुने बीमालेखहरुको हकमा ५० प्रतिशत र २०८१ बैशाख १५ भन्दा अगाडि परिपक्क हुने बीमालेखहरुको हकमा २५ प्रतिशत ब्याज छुट प्रदान गर्नेछ ।

साथै, यो एक पटक ब्याज छुट प्रदान गरिएका बीमितहरुलाई बीमा अवधिभर पुन ब्याज छुट प्रदान नगरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस