काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा बुधवार सम्पन्न भएको छ ।कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा.रामहरि अर्यालको सभापतित्वमा सम्पन्न सभाले आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तीय विवरणहरु पारित गरेको छ ।कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन समेत भएको छ ।
कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने प्रस्ताव पारित गरी आइएमई लाइफ इन्स्योरेन्स र अन्य कुनै जीवन बीमा कम्पनी गाभ्नगाभिन वा प्राप्ति गर्ने सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्न स्वीकृत गरिएको छ ।
सभामा बोल्दै सभाका सभापति एवम् संचालक समितिका अध्यक्ष डा. अर्यालले बीमा व्यसायमा पर्याप्त जनचेतनाको अभाव, दक्ष जनशक्तिको अभाव र बीमा व्यवसाय सम्बन्धि साक्षरताको अभाव रहेको बताए ।
कम्पनीले बीमा सम्बन्धि जानकारी, जनचेतना र बीमाको पहुँच न्यूनभन्दा न्यून आयस्रोत भएका जनमानसमा पुर्याउन कटिबद्ध रहेको अध्यक्ष अर्यालले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ बैशाख २०७९, ११ : ०४
लेखकबाट थप