दाङको दुई उपमहानगरपालिकामा १५ महिला उम्मेदवार

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, १० : ५०
दाङको दुई उपमहानगरपालिकामा १५ महिला उम्मेदवार

काठमाडौं ।आसन्न स्थानीय तह निर्वाचनका लागि दाङ जिल्लाका दुई उपमहानगरपालिकाका प्रमुख पदमा ६ र उपप्रमुखमा नौ महिला चुनावी मैदानमा उत्रिएका छन्।

मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङका अनुसार तुलसीपुर उपमहानगरपालिकामा नगरप्रमुखमा तीन र घोराही उपमहानगरपालिकाको प्रमुखमा तीन महिलाले उम्मेदवारी दिएका हुन्।तुलसीपुरको उपप्रमखुमा चार र घोराहीको उपप्रमुखमा पाँच महिला उपप्रमुखमा प्रतिस्पर्धा गर्दैछन्।

तुलसीपुरमा नगर प्रमुखमा जगधनी चौधरी राष्ट्रिय प्रजातन्त्र पार्टीबाट, जया घर्तीमगर मङ्गोल नेसनल अर्गनाइजेसन पार्टी र प्रभा चौधरी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार रहेको निर्वाचन अधिकृत राजेश्वर अर्यालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस