गलेश्वर । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन् । बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् ।
उपप्रमुखमा मनोनयन दर्ता गराएकी अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन् । बानियाँले नेपाली कांग्रेसबाट, शाहीले नेकपा (एमाले) बाट, लामिछानेले नेकपा (माओवादी केन्द्र) बाट र मुनाले नेकपा (एकीकृत समाजवादी) बाट उपप्रमुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।
कांग्रेसबाट उम्मेदवार बनेकी अमृतदेवी पार्टीको गण्डकी प्रदेश समिति सदस्य छिन् । विसं २०५४ मा वडा नम्बर ९ अर्थुङ्गेको वडासदस्यमा निर्वाचत हुँदै राजनीति सुरु गरेकी उनले कांग्रेसको दुई कार्यकाल जिल्ला सदस्य र दुई पटक महाधिवेशन प्रतिनिधि भइसकेकी छिन् । साथी संस्था, लायन्स क्लब, महिला स्वयंसेविकालगायतमा रहेर उनले सामाजिक अभियन्ताको रुपमा काम समेत गरेकी छिन् ।
एमालेबाट उम्मेदवार बनेकी शाही पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य तथा अखिल नेपाल महिला सङ्घको जिल्ला उपाध्यक्ष र अन्तरपार्टी महिला सञ्जालकी जिल्ला अध्यक्ष छिन् । गाउँको सामुदायिक वन, विद्यालय व्यवस्थापन समिति, आमा समूहलगायत सङ्घसंस्थामा आबद्ध भई उनी सामाजिक कार्यमा क्रियाशील छिन् ।
माओवादी केन्द्रबाट उम्मेदवार बनेकी लामिछाने पार्टीको प्रदेश कमिटी सदस्य छिन् । उनले अखिल क्रान्तिकारीबाट राजनीति सुरु गरेकी हुन् । विसं २०६० देखि राजनीतिमा सक्रिय उनी हाल विभिन्न सङ्घसंस्थामा आबद्ध छिन् । लामिछाने यसअघिको निर्वाचनमा उपप्रमुखमा ३४ मतले पराजित हुनुभएको भएकी थिईन् ।
एकीकृत समाजवादीकी उम्मेदवार मुना पार्टीको केन्द्रीय कमिटी सदस्य एवं जिल्ला इन्चार्ज छिन् । विसं २०४८ देखि राजनीतिमा सक्रिय उनी यसअघि एमालेको प्रदेश कमिटी सदस्य थिईन् ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, १५ बैशाख २०७९, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर
चुनाव नलड्ने पुराना नेताको स्वघोषणा
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव