काठमाडौ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थालेका छन् ।
तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पटक पटक सांसद र मन्त्री भएका कतिपय नेताहरूले चुनाव नलड्ने स्वघोषणा गरेका छन् । कांग्रेसका नेता बद्री पाण्डे, रामनाथ अधिकारी, राजन केसीले चुनाव नलड्ने घोषणा गरेका छन् ।
एमाले उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टी पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेको पार्टी नेता महेश बस्नेतले जानकारी दिए ।
यस्तै पार्टी केन्द्रीय सदस्य भूपेन्द्र थापा र पार्टी पोलिटब्युरो सदस्य दलबहादुर रानाले चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनाव प्रचार प्रसारको आज अन्तिम दिन, मध्यरातदेखि मौन अवधि
दलका सभाका कार्यक्रमले बढाउँदै चुनावी लहर
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?