काठमाडौ । सरकारले आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन घोषणा गरेपछि चुनावी माहोल तातेको छ ।
नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टीलगायत दलका शीर्ष नेताहरूले चुनाव लड्ने तयारी थालेका छन् ।
तर गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि पटक पटक सांसद र मन्त्री भएका कतिपय नेताहरूले चुनाव नलड्ने स्वघोषणा गरेका छन् । कांग्रेसका नेता बद्री पाण्डे, रामनाथ अधिकारी, राजन केसीले चुनाव नलड्ने घोषणा गरेका छन् ।
एमाले उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टी पदाधिकारीमा चुनाव नलड्ने घोषणा गरेको पार्टी नेता महेश बस्नेतले जानकारी दिए ।
यस्तै पार्टी केन्द्रीय सदस्य भूपेन्द्र थापा र पार्टी पोलिटब्युरो सदस्य दलबहादुर रानाले चुनाव नलड्ने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २९ मंसिर २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जरिवाना नतिर्ने राजनीतिक दलको चुनाव लड्नेसम्बन्धी निवेदन खारेज
चुनावको मिति तोकेको सरकारले किन चाहिरहेको छैन राजनीतिक दलसँग सम्वाद ?
क्यानडाको लिबरल पार्टीले जित्यो चुनाव
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
स्थानीय तहको चुनाव संघ र प्रदेशपछि मात्रै गर्नेबारे काँग्रेसमा बहस सुरु
निर्वाचन आयोगमा दल दर्ता गर्ने ‘विप्लव’ नेतृत्वको नेकपाको निर्णय