कस्तो रहला आज दिनभरको मौसम ?

सफल खबर संवाददाता

विहीबार, १५ बैशाख २०७९, ०७ : ३४
कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं । हाल देशको पहाडी भूभागमा स्थानीय र पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार बिहीबार बिहान देशको पहाडी भूभागमा आंशिक बदली  रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यस्तै दिउँसो पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ।  यस्तै बागमती प्रदेश र प्रदेश १ का पहाडी भूभागका थोरै स्थानहरूमा र गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा  मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेश र प्रदेश १ को पहाडी भूभागका केही स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस